विप्लव समुहले भन्यो सोमबार नेपाल बन्द छैन - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

विप्लव समुहले भन्यो सोमबार नेपाल बन्द छैन



काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सोमबार हुने भनिएको नेपाल बन्दको हल्ला निराधार रहेको बताएको छ ।

उसले आफ्नो पार्टीले बन्दको कुनै कार्यक्रम नराखेको स्पष्ट गरेको छ । विप्लव समूहको बन्दको हल्लाका कारण उपत्यकाका कतिपय निजी तथा सार्वजनिक विद्यालयले नोटिस टाँसेर विद्यालय नआउन विद्यार्थीलाई सूचीत गरेका छन् ।

‘हाम्रो तर्फबाट बन्दको कुनै कार्यक्रम राखिएको छैन’, सो पार्टीका मध्यकमाण्ड सदस्य रजमान तामाङले  भने, ‘अनावश्यक हल्लाका पछाडि नलाग्न तपाईंको मिडिय मार्फत हामी आमजनतामा अपिल गर्दछौं ।’ तामाङले जनप्रतिरोधका अन्य कार्यक्रम जारी रहे पनि ततकाल बन्दको कुनै कार्यक्रम नरहेको बताए ।