घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या



हिमाल पोष्ट / मङ्सिर , दाङ । जिल्लाको गिठेपानीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

घोराही-६ गिठेपानी निवासी ६२ वर्षीय केचे कामीले आफ्नी ६२ वर्षिया श्रीमती आईत विकलाई घरमै बञ्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए। विकले बिहीबार बिहान साढे ८ बजेतिर आपसी विवादका क्रममा श्रीमतीलाई बञ्चरो प्रहार गरि सख्त घाइते बनाएको र उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको एसपी सिंहले बताए।

पक्राउ परेका कामीले श्रीमती पर पुरुषसँग सल्केको थाहा पाएपछि बञ्चरो प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।