बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा - Himal Post Himal Post
  • ३१ असार २०८२, मंगलवार
  •      Tue Jul 15 2025
Logo

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा



काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ गर्ने नुवाकोटको सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

स्थानीयवासीले आज पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैँका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।

महानगरपालिकासँग गत जेठ २७ गते भएको सम्झौता अनुरूप काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

यसअघि आज काठमाडौँ महानगरपालिकाको फोहोर बोकेको गाडी नुवाकोट बञ्चरेडाँडाका स्थानीयवासीले पुन अवरोध गरेका थिए । फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको काठमाडौँ महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले बताएका छन् ।

सडक निर्माणको काम भइरहेको भन्दै महानगरले एक सातादेखि फोहोर संकलन गर्ने कार्य आजदेखि सुरु गरेको थियो ।