बनभोज खान दुई दर्जन सरकारी गाडी - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

बनभोज खान दुई दर्जन सरकारी गाडी



हेटौंडा । भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको भीडभाड थियो। नेपाल विद्युत प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालयले पनि त्यहीँ वनभोज आयोजना गरेको थियो। तर कर्मचारी र अरुको वनभोजमा एउटा फरक थियो। अरु बस रिजर्भ गरेर आएका थिए, कर्मचारीहरु पहेँलो नम्बर प्लेटको गाडीमा।

तिनले सरकारी गाडी दुरुपयोग गरेका थिए। त्यो पनि एउटा-दुइटा होइन, करिब दुई दर्जन वटा।

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन। अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ। तर प्राधिकरणका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर वनभोज खान पुगेका थिए।

वनभोजमा विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाअन्तर्गतका कर्मचारी सामेल थिए। वीरगञ्ज, भरतपुर, टाँडी, पालुङ, गौर, कलैया, सिमरा, चपुर, हेटौंडा, पोखरीया वितरण केन्द्रका कर्मचारी प्राधिरकणकै गाडीमा त्रिखण्डी पुगेका थिए। केन्द्रीय अध्यक्ष जनार्दन भट्टराई र वरिष्ठ उपाध्यक्ष शेखर बराकोटी पनि पहेँलो नम्बर प्लेटका गाडीमा आएका थिए।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।