वन कार्यालय कावासोती अगाडि बम विस्फोट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वन कार्यालय कावासोती अगाडि बम विस्फोट



नवलपुर । पूर्वी नवलपरासीको डिभिजन वन कार्यालय कावासोती अगाडि बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयदेखि करिब दुई सय मिटर पूर्वपश्चिम राजमार्गमा विस्फोट भएको हो ।

सडक र वन क्षेत्र भएको हुँदा बम विस्फोटबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मिले उच्च सतर्कता अपनाइ रहेको र थप अनुसन्धाान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापाले जानकारी दिनुभएको छ ।

अन्य स्थानमा पनि बम राखेको हुन सक्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । बम कस्तो र कुन प्रकारको थियो खुल्न सकेको छैन ।