फरार रामबहादुर बम्जनको राजसी शान, आश्रम आधुनिक र भब्य - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

फरार रामबहादुर बम्जनको राजसी शान, आश्रम आधुनिक र भब्य



सिन्धुली- प्रहरीको पक्राउ सूचीमा रहेका रामबहादुर बम्जन आधुनिक शैलीमा बनाइएका घरमा बस्दा रहेछन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेमा उनले बम्जन आश्रम नै संचालन गरेका छन् । बलात्कार आरोपपछि उनी फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रहरीले त्यसै क्रममा आश्रम पुगेर उनी सुत्ने कोठाको खानतलासी लिएका छन् ।

त्यस क्रममा आश्रममा बम्जनका लागि दुईवटा कोठा छुट्याइएको पाइएको छ । ती कोठामा उनले दुइवटा बेड एकै प्रकृतिका राखेका रहेछन ।

मूलगेटबाट छिर्नेवित्तिकै दाहिने साइडमा आकर्षक शैलीमा सजिएको कोठा छ ।

उक्त कोठासँगै एटेज बाथरुम र भान्सा छ । भान्साकोठाको दृश्य त झनै हेरौं हेरौंजस्तो छ ।

भान्सामा काजु, किसमिसलगायतका खानेकुराले र्‍याक भरिएका छन् । उनी सुत्ने कोठामा यत्रतत्र आकर्षक खेलौनासमेत राखिएको पाइएको छ ।

र्‍याकमा बम्जनको तस्विर र त्यसमा छोरासहितको श्रीमतीको फोटो पनि छ । बम्जन आश्रममा उनका अनुयायीहरुले गेटदेखि नै कडीकडाउ गर्छन ।

गेटमा पुग्नेवित्तिकै पैदल यात्रुदेखि सवारीसाधन सबैलाई इन्ट्री गर्नुपर्छ ।

अनुयायीहरुका अनुसार बम्जनलाई खोज्ने क्रममा प्रहरीले हालै उनी बस्ने ढोकाको ताला फोडेको छ । उनीहरुले प्रहरीको यो कदमलाई धर्ममाथि प्रहार भनेका छन् ।

अनुयायीहरु भन्छन्,‘गुरुको कोठा फोड्नु हाम्रो धर्ममाथि प्रहरी हो ।’ प्रहरीको कारवाहीप्रति उनीहरु उनीहरु चिन्तित देखिन्थे । कान्तिपुर दैनिकबाट