वामदेव भन्छन्: अब म कम्युनिष्ट एकीकरणमा लाग्दैछु - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

वामदेव भन्छन्: अब म कम्युनिष्ट एकीकरणमा लाग्दैछु



काठमाडौं- राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिस्ट पार्टी एकीकरण अभियानमा जुट्ने बताएका छन्।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै नेता गौतमले अब एकपटक पार्टी एकीकरणका लागि जुट्ने बताएका हुन्।

‘म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसायमा छु, ‘केही समयमा घोषणा गरेर लाग्नेछु,’उनले भने सफल हुन्छु हुन्न थाहा छैन ।’

उनले कम्युनिष्ट पार्टी एक होस् भनेर आफूले कुनै नेताका बारेमा आलोचना टिप्पणी नगरेको बताए।

मेरो जीवनमा म निकै क्रिटीकल व्यक्ति हुँ। मैले पुष्पलालको पनि आलोचना गरेँ, मदन भण्डारीको आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ, उहाँहरुसित सैद्धान्तिक राजनीतिक संघष हुँदै आएको हो। म त्यसैमा दिक्षितजस्तो भएँ।’