वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने



काठमाडौं- नयाँ पार्टी बनाउने अभ्यास गरेका नेता वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने भएका छन् ।

आउँदो संघीय तथा प्रदेशासभा निर्वाचनमा बामदेव माओवादी केन्द्रकै चुनाव चिह्नबाट प्रतिष्पर्धामा उत्रिने भएका हुन् ।

नेकपा परित्याग गरेपछि कम्युनिस्ट एकताका लागि पहल थालेका बामदेव अहिले राष्ट्रिय सभा सदस्य हुन् ।

उनले माओवादीकै चुनाव चिन्हबाट लड्ने सहमति भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रको बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको उनले बताए

गौतम अहिले राष्ट्रिय सभा सदस्य हुन् भने भट्टराई यसअघि कांग्रेससँगको गठबन्धनमा चुनाव लडेका थिए ।