प्रचण्डले ढिलाई गरे, परेको म बेहोरौंला: बामदेव गौतम - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रचण्डले ढिलाई गरे, परेको म बेहोरौंला: बामदेव गौतम



काठमाडौं । एमाले बरिष्ठ नेता बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रिया केपी शर्मा ओली र पुषपकमल दाहाल प्रचण्डका कारण ढिला भएको बताएका छन् ।

सिन्धुली–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले ढिलाईको कारण आफूले पनि थाहा नपाएको बताए । एकताका लागि सबै कुरा टुङ्गिएपनि ओली– प्रचण्डले एकतामा ढिलाई गरेको भन्दै गौतमले तलबाट एकता प्रक्रिया सुरु आव्हानसमेत गरे ।

‘एकताका लागि राजनीतिक प्रतिवेदन तयार छ, विधान पनि तयार भइसकेको छ, धेरै कुरा मिलिसकेका छन्, तर पनि एकता हुँदैन, किन भइरहेको छैन, मलाई पनि थाहा छैन’ गौतमले भने, ‘त्यसैले, अब एकता माथिबाट होइन, तलबाट गर्नुपर्छ, केही अप्ठेरो परे म बेहोरौंला।’ एकता संयोजन समितिको सदस्य समेत रहेका गौतमले १७ असोजमा गर्ने भनिएको एकता हुन नसक्नुको गुदी कारण ओली–प्रचण्डले जानकारी नगराएको गुनासो गरे ।

कार्यक्रममा माओवादी नेता अग्नि सापकोटाले एकता प्रक्रियागत रुपमा हुनुपर्ने भन्दै विना प्रक्रिया एकता गरियो भने अराजकता सिर्जना हुनेृ बताए ।