पार्टी फुटाउन उक्साउने वामदेवले बालुवाटार पुगेर देखे माधव नेपालको गल्ती - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

पार्टी फुटाउन उक्साउने वामदेवले बालुवाटार पुगेर देखे माधव नेपालको गल्ती



काठमाडौं- पार्टी फुटाउन माधव नेपाल समूहलाई उक्साउने एमालेका नेता वामदेव गौतमले बालुवाटार पुगेर माधव नेपालले गल्ति गरेको बताएका छन् । बालुवाटारमा जारी ओली पक्षीय एमालेको बैठकमा उनले नेपालले गल्ती गरेको बताएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका वामदेवले पार्टी नेता माधव नेपालले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर गल्ती गरेको बताए । तर तिनै वामदेवले यसअघि ओलीले गल्ती गरेकै कारण नेपाल समूहले देउवालाई साथ् दिनुपरेको बताएका थिए ।

केहिदिन अघिमात्र पार्टी फुटाएको खण्डमा माधव नेपाल समुहलाई साथ् दिने घोषणा गरेका वामदेवले आज भने बालुवाटारमा ओलीको अगाडी नेपाल समुहले ठुलो गल्ती गरेको बताए ।

‘माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुरको लागि सही गर्थें । उहाँले गल्ती गर्नुभएको हो,’ उपाध्यक्ष गौतमले केन्द्रीय कमिटी बैठकमा भने, ‘माधवलाई जसरी पनि पार्टीमा ल्याउँनु पर्छ । त्यसका लागि पार्टी अध्यक्षले संयमता अपनाउनु पर्छ । पार्टी एकता अपरिहार्य आवश्यकता हो ।’

गौतमले पहिला केन्द्रीय कमिटीका सदस्यहरु बसेर छलफल गर्न आग्रह गर्दै भने, ‘शीर निहुरिन्छ कि भनेर हुँदैन । माधव नेपाललाई पार्टीमा ल्याउन प्रयत्न गर्नुस् ।’