बामदेवबारे प्रचण्डको खुलासा: १९ पन्ने आरोपका धेरैजसो बुँदा उनकै - Himal Post Himal Post
  • १७ मंसिर २०८०, आईतवार
  •      Sun Dec 3 2023
Logo

बामदेवबारे प्रचण्डको खुलासा: १९ पन्ने आरोपका धेरैजसो बुँदा उनकै



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविक नेकपा विवादमा केपी ओलीमाथि लगाएको १९ पन्ने आरोपपत्रमा अधिकांश सुझाव वामदेव गौतमकै भएको दाबी गरेका छन्।

शनिबार प्रचण्डले आरोपपत्र फिर्ता नलिएकै कारणले नेकपा विभाजन भएको आरोप लगाएपछि त्यसको जवाफ दिँदै प्रचण्डले त्यसमा अधिकांश सुझाव गौतमकै समेटिएको दाबी गरेका हुन्।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले कम्युनिष्टहरू राम्रो हुन्छन् भनेर मिलाउन खोजेका हौँ। हामीले बाम गठबन्धन र एकता पनि गरेका हौँ। अहिले वामदेवजीले १९ पृष्ठको दस्तावेजले खत्तम बनायो भन्नु हुँदो रहेछ। त्यो दस्तावेज मेरो मात्रै होइन। माधव, झलनाथ र वामदेवको पनि हो। त्यसमा कयौँ सुझाव उहाँ (वामदेव)कै छ।’

ओलीले बाध्य बनाएकै कारणले १९ पन्ने दस्तावेज ल्याएको बताए। कम्युनिष्टमा संविधान गणतन्त्र प्रतिक्रियावादीहरू भएर नै जनता सामु सच्चा कुरा ल्याउनुपरेको बताए।

उनले ओलीकै पालामा जस्तो भ्रष्टाचार अरु नेतृत्वको सरकारमा नभएको बताए। संघीयता र लोकतान्त्रिक गणतन्त्र मन नपरेकाहरूले संविधान र संघीयता नै खारेज गर्न लागिपरेको समेत उनको भनाई छ।

उनले अमेरिकी परियोजना एमसिसी र एसपिपी ओलीकै पालामा अघि बढेको समेत आरोप लगाए।