नेकपा विभागमा नयाँ मोड: गौतम र पोखरेलबीच 'एक्सचेन्ज' - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नेकपा विभागमा नयाँ मोड: गौतम र पोखरेलबीच ‘एक्सचेन्ज’



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभागमा अड्किएको एकताले नयाँ मोड लिने भएको छ । अबको समिकरणमा सचिवालय सदस्य बामदेव गौतमलाई स्कुल विभाग प्रमुख बनाउने गरी छलफल भैरहेको स्रोतले बताएको छ।

पछिल्लो समय पेचिलो बनेको संगठन र स्कुल विभागमा नेकपाको संस्थापन समुहले विकल्पको रुपमा बामदेव गौतमलाई स्कुल विभाग दिने तयारी गरेपश्चात इश्वर पोखरेललाई भने संगठन विभाग प्रमुख बनाइने सम्भावना बढेको छ ।

तत्कालीन नेकपा एमालेको भागमा परेको स्कुल विभागमा प्रस्तावित ईश्वर पोखरेललाई पूर्वमाओवादी समूहले अस्वीकार गरेपछि गौतमलाई अघि बढाउने र संगठनमा इश्वर पोखरेललाई ल्याइने तयारी चलेको स्रोतको दाबि छ।

पुर्व एमालेको भागमा परेपनि स्कुल विभागमा भने जबजका वकालतकर्ता भएकाले पोखरेललाई पुर्वमाओवादीले स्वीकार गर्न सकेनन । सचिवालयमा रहेका पूर्वएमालेका सदस्यबीच बिहीबार साँझको छलफलमा यसबारे सहमति हुन सके आगामी सचिवालय बैठकमा गौतमलाई स्कुल विभाग प्रमुख बनाउने तयारी छ।

स्कुल विभागको नेतृत्वको विषयलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन। सो विभागलगायत अन्य विभागका बारेमा निर्णयमा पुग्न नसक्दा गत आइतबार र बिहीबारका लागि तय भएको सचिवालय बैठक स्थगित भएको थियो।

यसैबीच स्कुल विभागमा पूर्व प्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य घनश्याम भुषालले पनि दाबी गरेका छन्। पोखरेललाई नेतृत्व दिनुको सट्टा दाहालले खनाललाई अघि सारेपछि पूर्वएमालेले गौतमलाई जोड गर्न लागेको हो।

नेकपाको एकता प्रक्रिया सकिने लाग्दा विभागमा अड्किएको बिषय भने निकै पेचिलो बन्दै गैरहेको छ । उता नेकपाका निष्ठावान नेता र युवालाइ पर्गेलेको भन्दै आलोचना पनि भैरहेको छ ।