ओलीलाई नेता मान्न नसकिने भन्दै वामदेवले गरे एमाले परित्याग गर्ने घोषणा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

ओलीलाई नेता मान्न नसकिने भन्दै वामदेवले गरे एमाले परित्याग गर्ने घोषणा



काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । केपी शर्मा ओलीलाई नेता मान्न नसक्ने बताउँदै उनी एमाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन्।

‘अहिले घोषणा गरिसकेको छैन। तर, उपाध्यक्ष पदबाट राजीनामा गरेर पार्टी परित्याग गर्दैछु,’ गौतमले भने। एमाले परित्याग गरे पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) मा जाने नजानेबारे खुलाएका छैनन्।

केही दिनअघि बसेको स्थायी कमिटी बैठकमै ओलीसँग बस्न नसक्ने बताउँदै उनी बाहिरिएका थिए। उपाध्यक्ष र केन्द्रीय कमिटी सदस्यबाट दिने राजीनामा उपयुक्त समयमा पठाइने उनले बताएका छन्।

एमालेमा विवाद सुरू भएपछि गौतम फरक मत राख्दै आइरहेका छन्। उनी आफू एकताको पक्षमा रहेको बताउँदै एकता अभियान नै सुरू गरेका थिए।