पर्वतमा बम बिस्फोट, दुई जना गम्भीर घाइते - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

पर्वतमा बम बिस्फोट, दुई जना गम्भीर घाइते



पर्वत । पर्वतमा आफैले बनाइरहेको बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैले बनाइरहेका बेला बम बिस्फोट भएको हो । बम बिस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् । उनीहरले आफ्नै घरमा बम बनाइरहेका थिए ।

बिस्फोटमा गम्भीर घाइते छविलाल घर्तीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।फाईल तस्विर