वाम गठबन्धनमाथि शेखर कोइरालाको कडा टिप्पणी ! - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

वाम गठबन्धनमाथि शेखर कोइरालाको कडा टिप्पणी !



काँग्रेसका नेता शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताएका छन् ।

सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उनले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताए ।

वाम गठबन्धनको सरकार दुईतिहाई मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै कोइरालाले काँग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको उल्लेख गरे।

फरक प्रसङ्गमा उनले पार्टीभित्र मौलाएको चरम गुटबन्दी त्यागे मात्र काँग्रेस पुरानै अवस्थामा फर्किने विचार व्यक्त गरे।