वाम गठबन्धनकको स्थीर सरकार बन्नेवारे आशंका उठ्नु लज्जास्पद : भट्टराई - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

वाम गठबन्धनकको स्थीर सरकार बन्नेवारे आशंका उठ्नु लज्जास्पद : भट्टराई



काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वाम गठबन्धनकको स्थीर सरकार बन्नेवारे आशंका उठ्नु लज्जास्पद भएको बताएका छन् । आज ट्वीटरमार्फत डा. भट्टराईले यस्तो आशंका उत्पन्न हुनुले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको अनिवार्यता देखाएको बताएका छन् ।

उनले ट्वीटरमार्फत भनेका छन् “चुनावपूर्व बनेको गठबन्धनले झन्डै दुई तिहाई बहुमत ल्याउँदा पनि स्थीर सरकार बन्नेवारे व्यापक आशंका उठ्न थालेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको अन्ततः अनिवार्यता देखियो है ! सबैले आफ्नो नाम सम्झेर ममः भन्ने कि ?”

बाबुराम भट्टराईले नयाँशक्ति नेपालको गठनपूर्व संविधान निमार्णका बेलादेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जोड दिँदै आएका थिए ।