बम दिदी बहिनीको गुनासो : लाञ्छना सहेर कति बस्ने ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बम दिदी बहिनीको गुनासो : लाञ्छना सहेर कति बस्ने ?



काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका छन् ।

आमासँग काठमाडौँ आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए ।

रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीले आफ्नो घर खानतलासी गरेको र कैयन्पटक बयान लिएको बताइन् ।

उनले बाहिर चर्चामा आएजस्तो प्रहरीले आफ्नो पक्ष नलिएको दाबी गरिन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।