अर्घादरवार फिल्मस् प्रा.लीको प्रस्तुतिमा गायिका सुमित्रा लामाको तीजको कोसेली“बम बम भोले” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अर्घादरवार फिल्मस् प्रा.लीको प्रस्तुतिमा गायिका सुमित्रा लामाको तीजको कोसेली“बम बम भोले” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हरितालिका तिज को अवसर पारेर गायिका सुमित्रा लामा र गायक / एरेन्जर विश्वास नेपालको स्वरमा रहेको तिजको कोसेली “बम बम भोले ” हालै मात्र बजारमा सार्वजनिक भएको छ ।

गीत अत्यन्त रमाइलो पोहोर साल माया मा फसेका जोडी को यो साल बिहे भई गाउमा तिज आएको र त्यहाँ रमाइलो गर्न जानू पर्छ भन्ने रमाइलो गर्दै नेपाली मौलिकता लाई मध्यनजर गर्दै गीतलाई फरक धारमा प्रस्तुत गरेका छन् उक्त गीतमा सर्जक तथा गायक वसन्त लम्साल को उत्कृष्ट लय शब्द सिर्जनामा रहेको छ ।

गीतमा नृत्य निर्देशक विनोद गुरुङको रहेको छ भने छायाङ्कन मुकेश हुमागाईको रहेको छ । यस गीतलाई सम्पादन प्रबिन रेश्मि मगरले गरेका छन् । भिडियोमा अब्बल मोडल पी एन सापकोटा र गायिका सुमित्रा लामाको अभिनय तथा कुशल नृ्त्य रहेको छ । गीतलाई अर्घादरवार फिल्मस् प्रा. ली ले बजार व्यवस्थापन गरेको छ।

https://youtu.be/aide9HigDZQ