समन्वय समितिको बैठक बालुवाटारमा सुरु - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

समन्वय समितिको बैठक बालुवाटारमा सुरु



काठमाडौँ- सत्ता सञ्चालन समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपराह्न सुरु भएको छ।

बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार अपराह्न गरेको सम्बोधनमा आगामी एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने दायित्व सरकारमाथि रहेको बताएका थिए।