बालकृष्ण खाँण लगायत कांग्रेसका यी ४० नेता समानुपातिक उम्मेदवार बन्न नपाउने - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

बालकृष्ण खाँण लगायत कांग्रेसका यी ४० नेता समानुपातिक उम्मेदवार बन्न नपाउने



काठमाडौं- नेपाली कांग्रेसक केही नेताहरूका लागि मंसीर ४ गतेको निर्वाचन समस्याको विषय बन्ने भएको छ । खासगरी यसअघि समानिपातिक सांसद बनेका नेताहरूका लागि यसपटक भने तनाव हुने भएको छ ।

पार्टीबाट टिकट नपाउने तर समानुपातिकमा सिफारिस लिनसक्ने नेताहरूका लागि यसपटक अफ्ठ्यारो पर्ने भएको छ । यसअघि समानिपतिक कोटामा परेका तर यसपटक चुनाव लड्नसक्ने नेताहरूले भने प्रत्यक्ष लड्न सक्नेछन् ।

समानुपातिक कोटामा सिफारिस हुन चाहने नेताहरू गृहमन्त्री बालकृष्ण खाँण, उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडु, महिला मन्त्री उमा रेग्मी र राज्यमन्त्री उमेश श्रेष्ठ सहित नेपाली कांग्रेसका ४० नेता समानुपातिक उम्मेदवार बन्न पाउने छैनन्।

नेपाली कांग्रेसको विधान अनुसार कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको नाम सिफारिश गर्दा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई यसपटक अवसर दिन पाइने छैन ।

पार्टीले परिपत्र गरेपछि खाँण सहितका मन्त्रीहरूले यो अवसर नपाउने पक्का भएको छ। महामन्त्री गगन थापाले गरेको परिपत्रमा समानुपातिक सांसदहरूलाई पुनः समानुपातिकको उम्मेदवार नबनाउन निर्देशन दिइएको छ।

नेपाली कांग्रेसको विधान अनुसार, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधि सभा वा प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउनेछैन।

कांग्रेसका ४० नेता जो यस पटक समानुपातिक उम्मेदवार बन्न पाउँदैनन् 
१ बालकृष्ण खाँण
२ दिलेन्द्रप्रसाद बडू 
३ बहादुरसिंह लामा 
४ कर्मा घले 
५ उमेश श्रेष्ठ 
६ लालकाजी गुरुङ
७ जिपछिरिङ लामा
८ दिव्यमणि राजभण्डारी 
९ ज्ञानकुमारी छन्त्याल
१० प्रमिला राई 
११ महेन्द्रकुमारी लिम्बू
१२ हिरा गुरुङ
१३ मिना सुब्बा
१४ किशोरसिंह राठौर 
१५ सत्यनारायण शर्मा खनाल 
१६ सूर्यबहादुर केसी 
१७ रामबहादुर विष्ट 
१८ सुजाता कोइराला
१९ पुष्पा गौतम
२० डिला संग्रौला पन्त
२१ मिना पाण्डे 
२२ उमा रेग्मी
२३ रंगमती शाही 
२४ पद्मनारायण चौधरी
२५ पार्वती डिसी चौधरी
२६ नमिताकुमारी चौधरी
२७ मानबहादुर विश्वकर्मा
२८ मीनबहादुर विश्वकर्मा
२९ प्रकाश रसाइली स्नेही 
३० सुजाता परियार
३१ लक्ष्मी परियार
३२ विमला नेपाली 
३३ विनोद चौधरी
३४ स्मृतिनारायण चौधरी
३५ नागेन्द्र कुमार 
३६ सीतादेवी यादव
३७ चित्रलेखा यादव
३८ मिनाक्षी झा
३९ अतहर कलाम मुसलमान
४० सरवत आरा खानम