दिल्ली फोन गरेर प्रधानमन्त्रीको सपथ खादाँ राष्ट्रवादी भईदैन : नेता खाणँ - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

दिल्ली फोन गरेर प्रधानमन्त्रीको सपथ खादाँ राष्ट्रवादी भईदैन : नेता खाणँ



घनश्याम पौडेल/बुटबल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाडँले राष्ट्रिवाद भनेर अडान लिएका ओलीले प्रधानमन्त्रीको सपथ खादाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्ली फोन गरी सपथ खादाँ एमालेको राष्ट्रवाद छलड्ड भएको बताएका छन । सपथ खानु अगाडी ओलीले दिल्ली फोन गरे, कुटनितिक मर्यादा विपरित भारतीय विदेशमन्त्री शुस्मा सोराजलाई देउँवा प्रधानमन्त्री हुदाँहुदैँ मोदीलाई फोन गरी नेपाल पठाएका दिनदेखी एमाले राष्ट्रवाद होईन राष्ट्रघातको दिशामा अगाडी बढीरहेको बताए ।

श्रमको सम्मान गरौ, श्रम शक्ति नै राष्ट्रिय शक्ति हो भन्ने नाराका साथ नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीको छैठौ जिल्ला अधिवेशनको उदघाटन गर्दै पुर्व मन्त्री समेत रहेका खाडँले कांग्रेसले सरकारले १०० दिनमा गरेको कामको बाटो हेर्ने बताउँदै प्रारम्भीक लक्षणमा सरकारले संघियता लाई उल्टो दिशामा लगेको बताउँदै सरकार गलत बाटोमा लागे कांग्रेस संघर्षको बाटोमा अगाडी बढ्ने बताए ।
कांग्रेस सरकारले संविधान बनाई संविधान कार्यान्वयनको चरणमा निर्वाचन सम्पन्न गरेको अवस्थामा सरकार बाहिर कांग्रेस रहेकोले ओली सरकार अव संविधान बनेको छैन, चुनाव भएको छैन भनेर पन्छीन पाउँदैन्, देशलाई समृद्ध बनाउँन अगाडी बढ्नुपर्छ, गलत गरे कांग्रेसले संघर्षका कार्यक्रम अगाडी बढाउँछ खाडँले भने ।

उनले बाम गठबन्धनले जतीसुकै स्थानमा विजयी हासिल गरेपनी नेपालको राजनितिमा लामो समयसम्म टिक्न नसक्ने बताउँदै एमाले र माओवादी छिटो एकता भए कांग्रेसलाई फाईदा पुग्ने बताए । नेपालको इतिहासमा सत्तामा गएको दल कमजोर हुदैँ जाने भएकाले एमाले एक्लैमा विवादै विवाद छ, माओवादीमा पनी विवादै विवाद छ, कसरी पार्टी एकता भएर चल्लान कम्युनिष्टहरु एकता भएमा कांग्रेस स्वागत गर्न आत्तुर छ खाँडले भने ।

रुपन्देहीका श्रमीकको ज्याला मासीक ९ हजार ७ सयँ रहेकोमा अव स्थानिय, प्रदेश तथा केन्द्रीय सरकारले श्रमीकको ज्याला न्युनतम १५ हजार बनाउँनै पर्छ, सरकारले १५ हजार नवनाए श्रमीकलाई आन्दोलनमा उत्रीन ट्रेड युनियनलाई आग्रह गर्दै पुर्ण साथ कांग्रेसको रहने बताए । जनता गरिवी छन, जम्मा ९ हजार ७ सयले दुई छाक खान पनी पुग्दैन, गरीवको आयस्तर वृद्धि नगरी शान्ती र समृद्ध बन्न नसक्ने बताउँदै सरकारले पहिलो प्राथमिकता मजदुर र किसानलाई दिनुपर्नेमा जोड दिए ।

ओली सरकार आएसँगै देशमा शेयर बजार ओरालो लाग्दै गएकोले देशको अर्थतन्त्र ठिक छैन, जनताको आयस्तर दैनिक घट्दै गएको छ, खाद्यान्नको भाउँ दैनिक बढ्दै गएको छ, सरकारले भाषणमा भन्दा काममा ध्यान दिनुपर्ने खाडँले बताए ।

नेपाली कांग्रेस रुपन्देहीका सभापती तथा पुर्वमन्त्री अव्दुल रञ्जाकले श्रम गर्ने व्यक्तीको सम्मान गर्नुपर्नेमा जोड दिए, उनले श्रमीकको हक र हितमा काम गर्न नयाँ आउँने कार्यसमितीलाई आग्रह गरे ।

सरकारले गाउँगाउँमा दिने भनेको अधिकार दिन नसकेको बताउँदै संघीयता फेल गराउँनेतर्फ लागेको आरोप रञ्जाकले लगाए । कार्यक्रमममा महासमिती सदस्य युवराज गिरी, कांग्रेस जिल्ला सचिव रामकृष्ण खाडँ, कांग्रेस क्षेत्रीय सभापती हरी लम्साल, ट्रेड युनियन पुर्व अध्यक्ष रेश्मीराज गैरे, कांग्रेस बुटबलका नगर सभापती खेलराज पाण्डे, नेपाल निमार्ण तथा समृद्ध संघका केन्द्रीय अध्यक्ष जेवी गुरुड्ड, शिक्षक संघका महासचिव सोमनाथ गिरी, रिक्सा तथा ठेला संघका प्रकाश पाठक, विश्व विनयी लगाएतले गरिवी जनताको आयस्तरमा वृद्धि गर्ने सक्ने सक्षम नेतृत्व चयनका लागी शुभकामना व्यक्त गरे ।

कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष ओमप्रकाश चौधरीको स्वागत र महिला संयोजक उषा रानाको सञ्चालनमा सम्पन्न भएको हो ।