बालकृष्ण खाँडले भने हाँस्य कलाकारले देश चलाइरहेको छ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बालकृष्ण खाँडले भने हाँस्य कलाकारले देश चलाइरहेको छ



काठमाडौँ – नेपाली कांग्रेसका नेता एवम् प्रमुख सचेतक बालकृष्ण खाँडले हास्य कलाकारले देश चलाइरहेको बताएका छन् ।

नेपाली काँग्रेसले आज राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा बोल्दै नेता खाँडले प्रधानमन्त्री केपी ओलीलाई इङ्कित गर्दे हास्य कलाकारले देश चलाएको बताए ।

सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।