बालकल्याण माध्यमिक विद्यालयको १६ औँ वार्षिकोत्सव सम्पन्न - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बालकल्याण माध्यमिक विद्यालयको १६ औँ वार्षिकोत्सव सम्पन्न



रमित पाण्डे /लम्की,कैलाली ।

लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ लम्की भुरुवामा रहेको बालकल्याण माध्यमिक बिद्यालयको १६ औं वार्षिकोत्सब तथा अभिभावक भेला आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन सुनारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगर् प्रमुख महादेब बजगाई रहनु भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख बजगाईले सामुदायिक विद्यालयमा कैलाली जिल्लाकै उत्कृष्ट विद्यालय को परिचय बनाउन सफल भएकोमा विद्यालयलाई धन्यवाद दिदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लम्कीचुहा नगरपालिका र आफू लागिपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि लम्कीचुहा नगरपालिकाका स्थानीय शिक्षा अधिकारी लोकेन्द्र भट्ट , विद्यालयका संस्थापक अध्यक्ष चन्द्रप्रसाद जैशी, विद्यालयका पुर्व अध्यक्ष गिता गडतोला थापा, जिल्ला खानेपानी महासंघ कैलालीका अध्यक्ष नेत्रप्रसाद खनाल , लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी, पुर्व विद्यार्थी तारा आचार्य , कक्षा १० का विद्यार्थी रोहन तिमिल्सैना लगायतकाले मन्तव्य राख्नु भएको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनु भएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपलाल जैशीले शैक्षिक वर्ष २०७४ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने १४ जना लाई सम्मान गरिएको छ भने २ जना विद्यार्थीलाई प्रसंशा पत्रले सम्मान गरिएको छ ।

सम्मानित हुनेमा पुर्व अध्यक्ष गिता गडतोला थापा, संस्थापक सदस्य चन्द्रादेबी बिष्ट , जमानसिङ्ह रावल, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष मयाराम उपाध्याय र नन्दाराम खनाल लगायतका रहेका छन ।

त्यसैगरी वार्षिकोत्सब समारोहमा उत्कृष्ट शिक्षकको रुपमा तेजप्रसाद भण्डारी लाई तथा माध्यमिक शिक्षा परीक्षा २०७३ मा ३.३५ जिपिए अंक ल्याएर उतिर्ण भएका विद्यार्थी लोकेश खनाल र ३.२० जिपिए अंक ल्याएर उतिर्ण लोकेश तिमिल्सैनालाई नगद २ हजार सहित प्रसंशा पत्रले सम्मान गरिएको छ ।

विद्यालका शिक्षिका नान्कला खनालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले गर्नु भएको थियो ।