बालकल्याण माबिमा गुरु पूूर्णिमाको अवसरमा शिक्षक शिक्षिकाहरुलाई सम्मान  - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बालकल्याण माबिमा गुरु पूूर्णिमाको अवसरमा शिक्षक शिक्षिकाहरुलाई सम्मान 



रमित पाण्डे 

लम्की,कैलाली । लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक बिद्यालयमा गुरु पूर्णिमाको अवसरमा शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको छ ।

विद्यालयमा कक्षा १० का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले शिक्षक शिक्षिकाहरुलाई टीका र माला लगाएर सम्मान गर्नुका साथै मायाको चिनो समेत प्रदान गरेका थिए ।

कक्षा १० का मनिटर कृति खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक रुपलाल जैशी रहनु भएको थियो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैना, शिक्षक जिवबहादुर रावल, तेजप्रसाद भण्डारी , दिपेन्द्र खत्री शिक्षिका नान्कला खनाल, विद्यार्थी रोहन तिमिल्सैना, भुमिका बडुवाल लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

कक्षा १० का विद्यार्थी गोरख रावलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन कमल खनालले गरेका थिए ।