नेकपा नेताका भाइले भ्रमणमा आएकी विदेशी बालिकालाई बलात्कार गर्न खोजेपछि... - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

नेकपा नेताका भाइले भ्रमणमा आएकी विदेशी बालिकालाई बलात्कार गर्न खोजेपछि…



काठमाडौं- नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् ।

मंसिर २८ गते शनिबार लाङटाङको दृष्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक काठमाडौंस्थित महानगरीय प्रहरीमा पुगेका थिए ।

सोही बमोजिम ट्रेकिङ गाइडको काम गर्ने भनी परिचय दिएका २९ वर्षीय सुनिल पौडेललाई प्रहरीलाई पक्रेको छ । पौडेलले करणी प्रयासको अभियोग अस्वीकार गरे पनि पीडितका आफन्तहरुको दाबी छ, ‘प्रयास मात्र होइन, बेलैमा हामीले नदेखेको भए यसले करणी नै गर्ने स्थिति थियो ।’

एक रिसोर्टमा बसेको बेला सुनिलले बालिकालाई घुम्न जाऔं भनेका थिए । बालिकाले बाबु आमासँग चिनजान भएको केटाले घुमाउँछु भनेपछि राम्रै मनशाय होला भन्ठानिन् । तर, ५ बजे साँझ सुनिलले यौनजन्य कृयाकलाप गर्न थालेपछि बालिका चिच्याइन् र भागेर अभिभावक समक्ष आइपुगिन् ।

काठमाडौंबाट पक्राउ परेपछि सुनिललाई रसुवा चलान गरिएको छ । उनलाई म्याद थपेर कारवाही अगाडि बढाइएको डिएसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । सुनिल कालिका गाउँपालिका अध्यक्षका भाइ भएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।