११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने महानगरपालिकाका १ जना कर्मचारी पक्राउ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने महानगरपालिकाका १ जना कर्मचारी पक्राउ



काठमाडौं– एक ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १ जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ घर भएका ५२ वर्षीय बाबुराज पुजारी छन् । पुजारी काठमाडौं महानगरपालिकाको कुचीकार हेड (प्रमुख) हुन् ।

पुजारीलाई आइतबार साँझ अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

बोकटीका अनुसार पीडित पक्षको उजुरीका आधारमा पुजारीलाई पक्राउ गरिएको हो । पुजारी अहिले महानगरीय प्रहरी बृत्त जनसेवाको हिरासतमा छन् ।

प्रहरीले जबरजस्ती करण मुद्दामा म्याद थप गरेर पुजारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

‘पीडित बालिकाको पनि स्वास्थ्य परीक्षण भइसकेको छ, अहिले उपचार र काउन्सिलिङ (परामर्श) भइरहेको छ,’ डिएसपी बोगटीले खबरहबसँग भने ।

प्रहरीका अनुसार पुजारीले ११ वर्षीया बालिकामाथि पटक पटक जबरजस्ती करेको गरेको देखिएको छ ।

बालिकाका आमाबुवासँग राम्रो चिनजान भएका पुजारीले घरमा एक्लै भएको अवस्थामा बालिकामाथि बलात्कार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘उनी (पुजारी) घरमा आउँदा पनि पीडित बालिकाका आमाबुवाहरु खुसी हुने रहेछन्, बालिकाका आमाबुवासँग एकदमै नजिकको सम्बन्ध रहेछ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले खबरहबसँग भने, ‘बालिकाका आमाबुवाको विश्वास जितेका पुजारीले घरमा एक्लै रहेकी बालिकामाथि पटक पटक बलात्कार गर्ने गरेका रहेछन् ।’