बाली तथा पशुपक्षी सम्बन्धी बिमा अभिकर्ताको आधारभूत तालिम कुश्मा बजारमा सम्पन्न

पर्वत । अजोड इन्स्योरेन्स लिमिटेड कुश्मा शाखाको आयोजनामा यही चैत्र २ र ३ गते कुश्मा बजारमा बाली तथा पशुपक्षी सम्बन्धी बिमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बिमाको परिचय, बिमा ब्यावसायको वर्तमान अवस्था र चुनौती देखि यस क्षेत्रको विकास र बिस्तारमा बिमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
त्यस्तै गरी अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दीपक पोखरेलले बाली तथा पशुपक्षी बिमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेवारीको विषयमा प्रकाश पार्नुभएको थियो । अभिकर्ताले कहिल्यै पनि गलत सूचना दिने र बिमकलाई घाटा हुने काम गर्नु हुँदैन भन्दै थप प्रस्ट पार्नुभयो ।।
तालिममा झन्डै ५० जना भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स कुश्मा शाखाका प्रमुख हरि सुवेदीले गर्नुभएको थियो । अजोड इन्स्योरेन्स लिमिटेड विगत फाल्गुन महिनादेखि कुश्मा बजारको लोकतान्त्रिक चोकमा रहेर पर्वत जिल्लामा हुने ननलाईफ इन्स्योरेन्सको काम गर्दै आएको छ । यसमा सवारी साधन, गाईबस्तु, पशुपक्षी, बाली, घर तथा व्यापार ब्यावसाय लगायतको इन्स्योरेन्स हुँदै आएको कुश्मा शाखाका प्रमुख हरि सुवेदीले बताएका छन् ।

