'एक्सन'मा बालेन शाह: सुरुआती योजना तयार, विज्ञसँग थाले परामर्श - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

‘एक्सन’मा बालेन शाह: सुरुआती योजना तयार, विज्ञसँग थाले परामर्श



काठमाण्डौ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाह आफू निर्वाचित भएलगत्तै एक्सनमा उत्रिएका छन् । निर्वाचित घोषणा भएका दिन नै सानो धन्यवाद र्याली राखेर उनी फोहरको दिर्घकालिन व्यवस्थापनका लागि डम्पिङ साइडमै पुगेर कामको सुरुवात गरेका छन् ।

ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनियरिङमामा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका बालेनबाट उपत्यकावासीले ठूलो आशा गरेका छन् ।

काठमाडौंको फोहर व्यावस्थापन, खानेपानीको समस्या समाधान, शिक्षा र स्वास्थ्य क्षेत्रमा ब्यापक सुधार गर्ने उनको सुरुआती तयारी छ । साहले पूर्वाधार, बाटो, विद्यालय, अस्पताल व्यवस्थापनदेखि फोहोर व्यवस्थापनबाटै नगरका कामको थालनी गर्ने बताइसकेका छन् ।

त्यसका अलावा बालेनले अव्यवस्थित रूपमा शहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएका तारको व्यवस्थापन, सार्वजनिक शौचालय लगायतका काम गर्न विज्ञसँग छलफल थालेका छन् ।

काठमाडौँको सडकका खाल्डाखुल्डी तत्काल पुर्ने काम योजनामा उनी छन् । महानगरका विभिन्न स्थानमा यसअघि जडान भएका सीसीटीभीलाई मर्मतसम्भार गर्दै शहरी सुरक्षाका लागि तत्काल १० हजार सीसीटीभी जडान गर्ने उनको तयारी छ ।

बालेनले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहोरको दीर्घकालीन समाधान जस्ता मुद्दामा काम गर्ने बताएका छन् ।