'आविष्कार केन्द्रसँग सहकार्य, युवालाई करियर परामर्श कक्षा' - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

‘आविष्कार केन्द्रसँग सहकार्य, युवालाई करियर परामर्श कक्षा’



काठमाडौं महानगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने नीति सार्वजनिक गरेको छ।

मेयर बालेन्द्र शाहले आइतबार प्रस्तुत गरेको महानगरको नीति तथा कार्यक्रममा युवा पुस्ताको नवीन सोच र प्रविधिप्रतिको आकर्षणलाई बढावा दिन सहरी व्यवस्थापनका विषयहरुमा आविष्कार केन्द्रसँग सहकार्य गरिने उल्लेख छ।

त्यसैगरी युवाहरुको व्यक्तिगत वृत्ति विकास मार्ग पत्ता लगाउन करियर परामर्श कक्षा सञ्चालन गरिने पनि उल्लेख छ।

साथै सीप सिक्न इच्छुक महानगरबासीहरुलाई सीप प्रशिक्षण (मूर्तिकला, काष्ठकला, धातुकला, बाजा निर्माण आदि ) कार्यक्रमहरु संचालन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ।