बालेन शाह ट्वीटरको ट्रेन्डिङमा - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

बालेन शाह ट्वीटरको ट्रेन्डिङमा



काठमाडौँ- सामाजिक सञ्जालमा यतिबेला काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाह छाएका छन् । उनका समर्थक तथा कलाकारहरूले ट्वीटरमा अहिले ह्यासट्याग ट्रेन्ड सुरू गरेका छन् ।

ट्वीटर प्रयोगकर्ताहरूले ह्यास ट्याग ‘भोट फर बालेन शाह’ अभियान चलाएका छन्। स्थानीय चुनाव प्रचार गर्न पाउने अन्तिम दिनमा बालेन शाहलाई समर्थन गर्ने अभियानमा ट्वीटर प्रयोगकर्ता लागेका हुन् ।

उनीहरूले ‘भोट फर बालेन शाह’ भन्दै चुनाव प्रचारलाई सोसल मिडियामा पनि तीव्रता दिएका हुन्। शाह काठमाडौँ महानगरपालिकामा मेयरका लागि स्वतन्त्र उम्मेदवारको रुपमा ‘लौरो’ चिन्ह लिएर चुनावी मैदानमा उत्रेका छन् ।

उनको समर्थनमा युवायुवती, कलाकार, पूर्व कर्मचारी र सामाजिक अभियन्ता लागेका छन् । साहसँग प्रतिष्पर्धामा नेकपा एमालेका तर्फबाट केशव स्थापित, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह, राप्रपाबाट मदन दास श्रेष्ठको उम्मेदवार रहेका छन् ।