बालेनलाई स्थापितको प्रश्न: घरैपिच्छे डुलेर फोटो पोस्ट गरेर महानगर कहाँ पुग्ला ? - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

बालेनलाई स्थापितको प्रश्न: घरैपिच्छे डुलेर फोटो पोस्ट गरेर महानगर कहाँ पुग्ला ?



काठमाडौं- एमाले नेता केशव स्थापितले काठमाडौंका मेयर बालेन शाहलाई फोहोर व्यवस्थापनबारे सुझाब दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै फोहोर व्यवस्थापनको सुझाब दिएका हुन् ।

उनले लेखेका छन्, ‘सिसडोल ल्यान्डफिल साइटको फोहोरबाट प्लास्टिक निकाल्न सकिन्छ र व्यवस्थापन गरेर पार्क बनाउन सकिन्छ । सिसडोलमा पार्क बनाएर स्थानीय जनतालाई उपहार दिने हो भने तिमी त्यहाँको हिरो भइहाल्यौ नि। गर्नुपर्ने काम यही हो।’

मेयरमा बालेनसँग पराजित भएका स्थापितले बालेनले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको विषयमा पनि आलोचना गरेका छन् । उनले भनेका छन्, ‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन। घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन । काठमाडौंले यस्तो मान्छे खोजेको होइन ।’

उनले लेखेका छन्, ‘काठमाडौंका मेयर बालेन शाहलाई फोहोर व्यवस्थापनमा कसरी अघि बढ्ने भनेर सुझाव।
सिसडोल ल्यान्डफिल साइटको फोहोरबाट प्लास्टिक निकाल्न सकिन्छ र व्यवस्थापन गरेर पार्क बनाउन सकिन्छ । सिसडोलमा पार्क बनाएर स्थानीय जनतालाई उपहार दिने हो भने तिमी त्यहाँको हिरो भइहाल्यौ नि। गर्नुपर्ने काम यही हो। मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन। घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन। काठमाडौंले यस्तो मान्छे खोजेको होइन।’