काठमाडौंका निजी विद्यालयमाथि बालेन शाहको लगाम - Himal Post Himal Post
  • २७ पुष २०८२, आईतवार
  •      Sun Jan 11 2026
Logo

काठमाडौंका निजी विद्यालयमाथि बालेन शाहको लगाम



काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गरी कक्षा ११ मा छात्रवृत्ति उपलब्ध गराउने भएको छ। महानगरका मेयर बालेन्द्र साहले आइतबार फेसबुकमा स्टाटस लेख्दै यसका लागि तयारी भइरहेको जानकारी गराएका हुन्।

‘शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मेयर साहको स्टाटसमा उल्लेख छ।

काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम महानगरले निजी विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको मेयर साहको भनाइ छ। सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिबलगायतका छनोटका आधार तयार गरी छात्रवृत्ति प्रदान गरिने महागरको भनाइ छ।