स्थापितविरुद्ध नारा लगाउने समर्थकलाई बालेनले भने - प्लिज, कसैलाई गाली नगर्दिनुस् - Himal Post Himal Post
  • २८ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 11 2026
Logo

स्थापितविरुद्ध नारा लगाउने समर्थकलाई बालेनले भने – प्लिज, कसैलाई गाली नगर्दिनुस्



काठमाडौं- काठमाडौं महानगरपालिकाको जारी मतगणनामा अग्रता कायम गरेका स्वतन्त्रतर्फबाट मेयर उम्मेदवार बालेन शाहले आफ्ना समर्थकहरुलाई संयमता अपनाउन आग्रह गरेका छन्।

मतगणना स्थलबाहिर मेयरका अर्का उम्मेदवार केशव स्थापितविरुद्ध बालेनका समर्थकहरुले नाराबाजी गरेपछि उनले सम्झाउँदै संयमता अपनाउन आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘कसैलाई गाली नगरिदिनुस्, संयमता अपनाइ दिनुस्।’ उता स्थापितले भने बालेनले कुनै पनि हालतमा महानगरको मेयरमा जित हात नपार्ने दाबी गर्दै आएका छन्।

बालेनका समर्थकहरुले भने, ‘क बाट कछुवा, ख खरायो, स्थापितको घमण्ड कता हरायो’ भन्दै नाराबाजी गरेका हुन्।

पछिल्लो मतगणना अनुसार बालेनले ३ हजार ८३४ मत प्राप्त गरेका छन् भने स्थापितले १९९६ मत प्राप्त गरेका छन्। कांग्रेस उम्मेदवार सिर्जना सिंहले भने १ हजार ८०२ मत प्राप्त गरेकी छन्।