काठमाडौं कोर सिटीको मतगणना सुरू: तीन वटै वडामा पछाडी परे बालेन शाह - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

काठमाडौं कोर सिटीको मतगणना सुरू: तीन वटै वडामा पछाडी परे बालेन शाह



काठमाडौं महानगरपालिकाका एमाले उम्मेदवार केशव स्थापितले दुई वडामा सुरूआती अग्रता लिएका छन्। त्यस्तै कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एउटा वडामा प्रारम्भिक अग्रता लिएकी छन्।

अहिले गणना भइरहेका १४ वटा वडामा तीन वटाबाहेक अरू सबै वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।

पछिल्लो विवरणअनुसार स्थापितले २७ र २८ नम्बर वडामा अग्रता लिएका छन्। २७ वडामा ५०० मत गनिसक्दा उनले १७३ मत पाएका छन्। यहाँ सिर्जना सिंहले १२६ र बालेनले ६७ मत पाएका छन्।

२७ नम्बर वडामा छुस्याबहा, जमल, कमलाक्षी आसपासको क्षेत्र पर्छ।

त्यस्तै २८ नम्बर वडामा २५२१ मत गन्दा स्थापितले ६०७ मत पाएका छन्। उनलाई ६०४ मतसहित बालेनले पछ्याएका छन् भने सिर्जनाले ५७० मत पाएकी छन्।

सिर्जना सिंहले भने एउटा वडामा सुरूआती अग्रता लिएकी छन्। उनले वडा नम्बर ८ मा सुरूवाती अग्रता लिएकी हुन्।

पछिल्लो विवरणअनुसार ८ नम्बर वडाको ७०० मत गन्दा सिर्जनाले २१२ मत पाएकी छन्। यहाँ उनका प्रतिस्पर्धी बालेन शाहले १९२ मत पाएका छन् भने स्थापितले १६० मत पाएका छन्।

यो वडामा सिफल, गौशाला, तिलगंगा, मृगस्थली र त्रिभुवन विमानस्थलको दायाँ तर्फको क्षेत्र पर्छ।

अहिले वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिइसकेको छ। त्यस्तै वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।

६५ हजार ८१ मत गन्दा अहिलेसम्म बालेनले २५ हजार १८५ मत पाएका छन्। स्थापितले १३ हजार ९८ मत पाएका छन् भने सिर्जनाले १२ हजार ४६० मत पाएकी छन्।