बालेन साहलाई समर्थन गर्दै रामकुमारीले भनिन्- 'आइ एम विथ यु' - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बालेन साहलाई समर्थन गर्दै रामकुमारीले भनिन्- ‘आइ एम विथ यु’



काठमाडौं- पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरका प्रमुख बालेन साहको समर्थनमा बोलेकी छिन्। उनले आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने भन्दै आफू सधैँ उनको पक्षमा रहेको बताएकी हुन्।

बालेनले केही दिनयता उपत्यकामा बनेका अवैध संरचनामाथि आक्रामक भएर डोजर चलाएका छन्।

यसैक्रममा झाँक्रीले निर्वाचन आएको छ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गरेर अतिक्रमणको काम स्थगित गर्नुपरेको पनि बताएकी छन्। सामाजिक संजालमा लेख्दै उनले भनिन्, ‘इमान्दार प्रयासहरू सफल हुन्छन।’ उनले आफूले बागमती करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको पनि बताएकी छिन्।

यसैक्रममा झाँक्रीले अबको पालो उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने रहेको पनि बताइन्।

मेरो समर्थन मेयर बालेन जीलाई!

१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२)मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।
३)निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।
४)स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।
५)मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।
६)सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।
७)मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।
८)I am always with you, behind you. keep it up.
९)ईमान्दार प्रयासहरू सफल हुन्छन।