बालेन शाहलाई साढे सात लाख रुपैयाँ जरिवाना - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बालेन शाहलाई साढे सात लाख रुपैयाँ जरिवाना



काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) लाई निर्वाचन आयोगले साढे सात लाख रुपैयाँ जरिवाना गरेको छ।

निर्वाचन खर्च विवरण नबुझाएका महानगरका मेयर र उपमेयरका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको हो। काठमाडौंका महानगर मेयर बालेनले पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन्।

त्यस्तै, ६ वटा महानगरमध्ये पाँच वटा महानगरका मेयर पनि जरिवानामा परेका छन्। आयोगले खर्च विवरण नबुझाउने महागनरका मेयर र उपमेयरका २०८ जना उम्मेदवारलाई साढे सात लाखका दरले जरिवाना गरेको हो।