बालेनमाथि फेरि खनिए हर्क - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

बालेनमाथि फेरि खनिए हर्क



धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ!’

काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलाइरहेको छ।