एकाएक घरदैलोमा किन निस्किए बालेन शाह ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

एकाएक घरदैलोमा किन निस्किए बालेन शाह ?



काठमाडौं- कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गर्दै काठमाडौं महानगरपालिकाका मेयर घरदैलोमा निस्किएका छन्। महानगरपालिकाको वातावरण विभागको टोली लिएर उनी घरदैलोमा निस्किएका हुन्।

महानगरपालिकाले १ साउन अर्थात् भोलिदेखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्दै छ। ‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएको फ्लेक्स बोकेर उनीहरू घर दैलोमा निस्किएका हुन्। मेयर शाहले पर्चाहरू देखाएर फोहोर फाल्नेबारे सिकाएका थिए।

महानगरपालिकाले शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ।तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ।

महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो।

महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ ९थ० तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ ९थ० अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ। महानगरले फोहोर छुट्याउनको लागि कुहिने र नकुहिने फोहोरको भाँडो नै छुट्टाछुट्टै राख्न भनेको छ।