बालेन शाहको पक्षमा उभिए गगन थापा - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

बालेन शाहको पक्षमा उभिए गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नयाँ टिमसँग सधैँ साथमा रहेर काम गर्ने बताएका छन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएपछि थापाले काठमाडौंको एक सांसदको रूपमा महानगरको टिमसँग मिलेर काम गर्ने बताएका हुन् ।

‘काठमाडौं महानगर प्रमुखमा बालेन साह, उपप्रमुखमा सुनिता डंगोल तथा महानगरका निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना’, गगनले भनेका छन्, ‘काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौं’ बनाउने अभियानमा काठमाडौंको एक सांसदको रूपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु ।’