चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिन सकिन्न- बालेन शाह - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिन सकिन्न- बालेन शाह



काठमाडौं- काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ ।

महानगरपालिकाका मेयर बालेन साहले बिहीबार आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको हुने बताएका छन् ।

‘सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ’, बालेनले भनेका छन्, ‘यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।’

पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्ने भन्दै मेयर साहले अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने बताएका छन् । ‘उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो’ उनले भनेका छन् ।

सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका कार्यक्रम सञ्चालन गरिरहेको मेयर साहले बताएका छन् ।