सर्वोच्च अदालतको आदेशले बालेन शाह 'फायर' - Himal Post Himal Post
  • २९ आश्विन २०८१, मंगलवार
  •      Tue Oct 15 2024
Logo

सर्वोच्च अदालतको आदेशले बालेन शाह ‘फायर’



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सर्वोच्च अदालतप्रति फायर भएका छन् । सर्वोच्च अदालतले क्षेत्राधिकार बाहिर गएर आदेश दिने गरेको चर्चा भैरहेका बेला मेयर शाह फायर भएका हुन् ।

मेयर शाहले नर्भिक अस्पताल प्रकरणलाई लिएर चर्को असन्तुष्टि जाहेर गरेका छन् । नर्भिकले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति साहले असन्तुष्टि जनाएका हुन् ।

गत सोमबार काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र नर्भिकको संरचना हटाउन निर्देशन दिएको थियो । त्यसको अर्को दिन मेयर शाह आफैं नर्भिक अस्पताल पुगेका थिए ।

त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति भएको थियो ।

सहमती भएलगत्तै बुधबार नै काठमाडौं महानगरपालिकाविरुद्ध नर्भिक अस्पतालले दिएको रिट बुधबार नै न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भयो ।

शर्माको इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दियो र आगामी सोमबार अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

अदातलको यो आदेश आए लगत्तै बालेनले चर्को असन्तुष्ठि जनाए । उनले फेसबुकमा लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’