अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन बालेनले पठाए डोजर - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन बालेनले पठाए डोजर



काठमाडौं । काठमाडौं महानगरपालिको बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन सुरू गरेको छ । मापदण्डविपरीत बेसमेन्टको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर लगाएर भत्काउन लागेको हो ।

आज काठमाडौंका मेयर बालेन्द्र साह अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका थिए । त्यसक्रममा उनको कम्प्लेक्सका मालिक द्विराज शिवाकोटीसँग विवाद भएको थियो । अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यवसायिक प्रयोजनमा भाडामा लगाएको बालेनको आरोप छ ।

नक्शाको अध्ययनपछि अल्फाबिटाले बेसमेन्टको अनधिकृत प्रयोग गरेको निष्कर्ष महानगरले निकालेको छ । महानगरले आजै बेसमेन्ट भत्काउन लागेको हो । बालेनको निर्देशनमा नगरप्रहरीहरू डोजर लिएर अल्फाबिटा पुगिसकेका छन् ।