बालेनलाई बाबुराम भट्टराईले भने- पहिले स्वरोजगार श्रमिकको व्यवस्थापन गर - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

बालेनलाई बाबुराम भट्टराईले भने- पहिले स्वरोजगार श्रमिकको व्यवस्थापन गर



काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहसँग छुट्टै माग गरेका छन् ।

उनले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्। स्वरोजगार श्रमिकहरूले आन्दोलन गरिरहेका बेला बाबुरामले यस्तो माग गरेका हुन् ।

पछिल्लो समय मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै भट्टराईले स्वरोजगार श्रमिकको बाध्यता बुझ्न आग्रह गरेका हुन् ।

उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्, फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’