अनधिकृत संरचना आफैँ भत्काउनु, मालिकबाट क्षतिपूर्ति दिलाउँछौँ : बालेन शाह - Himal Post Himal Post
  • २९ आश्विन २०८१, मंगलवार
  •      Tue Oct 15 2024
Logo

अनधिकृत संरचना आफैँ भत्काउनु, मालिकबाट क्षतिपूर्ति दिलाउँछौँ : बालेन शाह



काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन्द्र साह)ले अनधिकृत संरचना आफैँ हटाउन आग्रह गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै प्रमुख बालेन्द्रले अनधिकृत संरचना भत्काउँदा भएको क्षतिपूर्ति मालिकबाट भराउन महानगरले पहल गर्नेसमेत उल्लेख गरेका छन्।

आफूहरुले ३५ दिने सूचना दिएर अनधिकृत संरचना हटाउन सुरु गरेको उल्लेख गर्दै उनले उक्त अवधिमा सम्पर्कमा नआएकोसमेत दाबी गरेका छन्। अनधिकृत संरचनामाथि महानगरको अनुगमनलगायतका गतिविधि सँधै जारी रहने उनको भनाइ छ।

‘अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैँले भत्काउनुहोस्,’ प्रमुख बालेन्द्रले लेखेका छन्, ‘त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्‍याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ।’

सोमबार बानेश्वर वरपरका अन्डरग्राउन्डका पसल अनुगमन गरी बालेनले अनधिकृत संरचना भत्काइदिएका थिए। बुधबार सुन्धारास्थित काठमाडौं मलमा निर्माण गरिएका अवैध संरचनामा डोजर चलाएको छ। प्रहरीले संरचना भत्काउनुअघि पसल खाली गराएको थियो। न्युरोडको आरबी कम्प्लेक्समा पनि डोजर चलाएको छ। रञ्जना गल्लीमा पनि डोजर चलाएको छ।