अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन बालेन आफै पुगे - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन बालेन आफै पुगे



काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन थालेको छ। सोमबार पहिलोपटक नयाँ बानेश्वर क्षेत्रको पार्किङको संरचना हटाएको हो।

सोमबार बिहान काठमाडौं महानगरका प्रमुख बालेन साहको उपस्थितिमा सो पसल हटाइएको प्रमुख साहको स्वकीय सचिव भूपदेव साहले बताए।

पार्किङमा अन्य संरचना राख्दा काठमाडौं उपत्यकामा सवारी पार्किङको समस्या भएको महानगरपालिकाले जनाएको छ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्‍यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले हटाउन आग्रह गरेको हो। यसअघि महानगरले पार्किङ खालि गर्न भन्दै ३५ दिने सूचना जारी गरेको थियो।

ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी सहितको सहयोगमा सोमबारबाट सो काम सुरु भएको स्वकीय सचिव साहले बताए।