नेपालीको पैसा लखनउको बन्दागोपिमा : कृषि मन्त्री खनाल - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

नेपालीको पैसा लखनउको बन्दागोपिमा : कृषि मन्त्री खनाल



तेजेन्द्र पाण्डे/अर्घाखाँची 

कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले भारतको तरकारीमा नेपालको ठुलो पैसा निर्यात हुनेगरेको बताएका छन् ।

ग्रामीण इलाकाबाट सहर पस्ने चलन बढ्दै गएपछि आफ्नो बारीको तरकारी छाडेर अधिकांश नेपाली लखनउको बन्दागोपिमा भर पर्ने गरेको उनले बताए ।

प्रेस चौतारी नेपाल अर्घाखाँची र प्रेस सेन्टर नेपाल अर्घाखाँचीले संयुक्तरुपमा आज सदरमुकाम सन्धिखर्कमा राखेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले आफूले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने बताए ।

पत्रकारको प्रश्नको जबाफ दिँदै मन्त्री खनालले भने ‘नेपालमा बर्सेनि अरबौको कागती बाहिरबाट आउँछ, अब नेपालमै कागती खेती तीव्र बनाउँछौ । अहिलेको सरकार स्पष्ट बहुमत प्राप्त सरकार भएकाले काम गर्न केही बाधा नहुने समेत खनालले जिकिर गरे ।