बाल बाटिका क्रीकेट : लिटिल फ्लावर फाइनलमा प्रवेश - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बाल बाटिका क्रीकेट : लिटिल फ्लावर फाइनलमा प्रवेश



बाैनिया,कैलाली । कैलालीको बर्दगाेरिया गाउपालिका- ४ मुडा बजारमा जारी बाल बाटिका क्रिकेट लिग २०७६ का सेमिफाइनल खेलहरु सुरु भएका छन् ।

बिहीबार भएको दिनको दाेस्राे तथा प्रतियोगिता काे पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लिटिल फ्लावर स्कुल धनगढीले निर्धारित २० अाेभरमा ४ विकेट गुमाउँदै १६५ रन जाेड्न सफल भएको थियोे । उसका लागि नरेन भट्ट ले ३३ बलमा ८ चाैकाकाे मदतमा नट अाउट ४६ रन बनाउदा निरज चन्द ले ४९ बलमा २ चाैका र २ छक्का काे मदतमा ३८ रन बनाउदा सैलेस अवस्थिले १२ बलमा ३ चाैका र २ छक्का काे मदतमा नट अाउट २७ रनको याेगदान गरेका थिय । बलिङतर्फ अार.एम.इ का अबिशेक खत्रीले ४ अाेभरमा २८ रन खर्चिदै २ विकेट लिदा लाेकेश तिमिल्सिनाले १ विकेट लियका थिय ।

१६६ रनको विजयी लक्ष्य लियर मैदान प्रवेश गरेको अार.एम.इ ले निर्धारित २० अाेभरमा ९ विकेट गुमाउँदै १३९ रन जाेड्न सफल भएको थियाे । साे खेलमा अार.एम.इ स्कुल टिकापुर २६ रनले पराजित भएको छ । उसका लागि अबिशेक खत्रीले ११ बलमा ४ चाैकाकाे मदतमा १९ रन बनाउदा बिपिन साउदले ३८ बलमा ४ छक्का र २ चाैकाकाे मदतमा ४६ रनकाे याेगदान गरेका थिय । बलिङतर्फ लिटिल फ्लावरका राेशन चन्दले ४ अाेभरमा २३ रन खर्चिदै २ विकेट लियका थिय। साे खेलमा ३३ बलमा ८ चाैकाकाे मदतमा नट अाउट ४६ रन बनाउने लिटिल फ्लावरका नरेन भट्ट साे खेलका म्यान अफ द म्याच घाेषित भए ।

यस्तै यस अघि बिहीबार भएको दिनको पहिलो तथा प्रतियोगिता काे अन्तिम क्वाटरफाइनल खेलमा क्याम्ब्रिज इङ्गलिस स्कुल वलियाले ले कालिका माध्यमिक बिधालय नाैनिया लाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । साे खेल ४ अाेभरमा १५ रन खर्चिदै ५ विकेट लिने क्यामब्रिज का दिपेन्द्र सिह ऐडि म्यान अफ द म्याच घाेषित भए ।

यस्तै शुक्रबार अन्तिम सेमिफाइनल खेल हुने अायाेजक बिधालय संस्थपक तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ । अन्तिम सेमिफाइनल खेलमा क्याम्ब्रिज स्कुल वलिया र अायाेजक नव बाल बाटिका बिधा मन्दिर बाैनिया प्रतिस्पर्धा गर्नेछन् ।

असाेज २६ गते बाट सुरुमा भएको प्रतियोगिता कार्तिक ९ गते सम्पन्न हुनेछ । प्रतियोगिता काे बिजेता ले १ लाख १ हजार पुरस्कार पाउदा उप विजेताले ५१ हजार पुरस्कार प्राप्त गर्नेछ ।