बाल बाटिका क्रिकेट : नव बाल बाटिका सेमिफाइनलमा - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बाल बाटिका क्रिकेट : नव बाल बाटिका सेमिफाइनलमा



बाैनिया । कैलालीको बर्दगाेरिया गाउपालिका -४ मुडा बजारमा जारी बाल बाटिका क्रिकेट लिग २०७६ काे मंगलबार बाट क्वाटरफाइनल खेलहरु सुरु भएका छन् ।
मंगलबार भएको पहिलाे क्वाटरफाइनल खेलमा अायाेजक नव बाल बाटिका बिधा मन्दिर बाैनिया ले गणेश बाबा स्कुल टिकापुर लाई ३१ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुग्न सफल भएको हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० अाेभरमा ९ विकेट गुमाउँदै ११७ रन बनायकाे थियो । उसका लागि नरेन्द्र साउदले ४३ बलमा ४ चाैकाकाे मदतमा २९ रन बनाउदा मानव बिष्टले १८,धिरेन्द्र अधिकारी ले १४ र दिपेश सिहले १० रनको याेगदान गरेका थिय । बलिङतर्फ गणेश बाबाका प्रवेस रावलले ४ अाेभरमा २१ रन खर्चिदै ४ विकेट लिदा पारस तिमिल्सिनाले २ विकेट लियका थिय ।

११८ रनको विजयी लक्ष्य लियर मैदान प्रवेश गरेको गणेश बाबाले निर्धारित २० अाेभर मध्ये १९ अाेभरमा ८६ रनमा समेटिएको थियो । उसका लागि जनक बमले ४६ बलमा २ चाैका र १ छक्का काे मदतमा २६ रन बनाउदा विशाल पुन मगरले १८ बलमा १ चाैका र १ छक्का काे मदतमा १८ रनको याेगदान गर्दा बाकी ब्याट्सम्यान ले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । बलिङतर्फ बाल बाटिका का लाल बहादुर बि.क ले ४ अाेेभरमा २१ रन खर्चिदै ४ विकेट लिदा हेमन्त बुढाले २ विकेट लियका थिय ।साे खेलमा ४ विकेट लिने नव बाल बाटिका का लाल बहादुर बि.क म्यान अफ द म्याच घाेषित भए ।

यस्तै बुधबार दुई क्वाटरफाइनल हुने अायाेजक बिधालय का संस्थपक तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ । असाेज २६ गते बाट सुरुमा भएको प्रतियोगिता कार्तिक ९ गते सम्पन्न हुनेछ । प्रतियोगिता काे बिजेता ले १ लाख १ हजार पुरस्कार पाउदा उप विजेताले ५१ हजार पुरस्कार प्राप्त गर्नेछ ।