बाल बाटिका क्रिकेट लिग जारी , आज तीन खेल हुदै - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बाल बाटिका क्रिकेट लिग जारी , आज तीन खेल हुदै



बौनिया,कैलाली । प्रथम प्रदेश स्तरिय बाल बाटिका क्रिकेट लिगको दाेस्राे दिन साेमबार आज तीन खेल हुने भएका छन् । अायाेजकले दिएकाे जानकारी अनुसार साेमबार काे पहिलाे खेलमा बिहान ७:३० बजे ब्राईट फ्युचर लम्किका बिरुद्ध कैलाली नेसनल ऐकेडेमि लम्कि प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै प्रतियोगिता काे तेस्रो तथा दिनकाे दाेस्राे खेलमा बिहान ११ बजे बसन्त मुरारी माध्यमिक बिधालय बाैनिया संग गणेश बाबा स्कुल टिकापुर अाफ्नाे पहिलो खेलमा एक अापसमा प्रतिस्पर्धा गर्नेछन् भने आज नै हुने अन्तिम खेलमा दिउसाे २:३० बजे नाता एकेडेमी लम्कि का बिरुद्ध क्याम्ब्रिज ईङ्गलिस स्कुल वलिया प्रतिस्पर्धा गर्नेछन् ।

कार्तिक ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कैलाली र कञ्चनपुर का गरि कुल १६ वटा बिधालय हरुकाे सहभागिता रहेको छ । प्रतियोगिता काे बिजेताले नगद १ लाख १ हजार पुरस्कार पाउँदा उप विजेताले नगद ५१ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारि दिए।

यस अघि अाईतबार भएको उद्धाटन खेलमा जित दर्ता गर्दै अायाेजक नव बाल बाटिका बिधा मन्दिर बाैनियाले प्रतियोगितामा विजयी सुरुवात गरेकाे छ । उसले पहिलो जित दर्ता गर्ने क्रममा युनाइटेड एकेडेमी टिकापुर लाई ६ विकेटले पराजित गरेकाे हाे ।