बाल बाटिका क्रीकेट लिग आजदेखी शुरु हुदै ,मन्त्री सुवेदीद्बारा उद्घाटन गरिने - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

बाल बाटिका क्रीकेट लिग आजदेखी शुरु हुदै ,मन्त्री सुवेदीद्बारा उद्घाटन गरिने



हिमाल पोस्ट / कैलाली ।

कैलालीको बर्दगाेरिया गाउपालिका- २ मा रहेकाे नव बाल बाटिका विद्या मन्दिर बाैनियाकाे अायाेजनामा आजदेखी ‘प्रथम प्रदेश स्तरिय बाल बाटिका क्रिकेट कप’ सुरु हुदै छ । आजबाट कार्तिक ९ गते सम्म गाउपालिकाकाे वडा नम्बर ४ स्थित मुडा बजारकाे खेल मैदानमा हुने प्रतियोगितामा कैलाली र कञ्चनपुर जिल्लाका १६ वटा बिद्यालयहरुकाे सहभागिता रहेकाे छ ।

सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कृष्ण प्रसाद सुवेदीले दिउसो साढे १२ बजे प्रतियोगिताकाे उद्घाटन गर्ने कार्यक्रम रहेको अायाेजक बिधालयका संस्थापक तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिएका छन् । प्रतियोगिताको उद्घाटन खेल अायाेजक नव बाल बाटिका बिधा मन्दिर बाैनिया र युनाइटेड एकेडेमी टिकापुर बिच प्रतिस्पर्धा हुने अायाेजकले जानकारि दिएकाे छ ।

१३ दिन सम्म सञ्चालन हुने प्रतियोगिता काे बिजेताले १ लाख १ हजार पुरस्कार प्राप्त गर्ने छन् भने द्धितिय स्थान हासिल गर्ने टिमले ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै बिधागत तर्फ उत्कृष्ट हुने खेलाडिहरुले क्रमस उत्कृष्ट खेलाडी ले १० हजार,उत्कृष्ट बलरले ५ हजार,उत्कृष्ट ब्याटस्म्यानले ५ हजार , राइजिङ्ग प्लेयरले ५ हजार पुरस्कार पाउदा बडि छक्का हान्ने खेलाडीले २५ सय पुरस्कार पाउँनेछन् ।

यस्तै लिग चरणको खेलमा म्यान अफ द म्याचलाई ५ सय र त्यस पश्चात् फाइनल बाहेक मा १ हजार र फाइनल खेलका म्यान अफ द म्याच लाई नगद १५ सय पुरस्कार प्रदान गरिने अायाेजकले बताएकाे छ ।